बढ्दो बेरोजगारीले ओरालो यात्रामा चीन | Khabarhub Khabarhub

बढ्दो बेरोजगारीले ओरालो यात्रामा चीन


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चीनले जिरो कोभिड नीति हटाउँदै सामान्य जीवनमा प्रवेश गरेपछि सबैले छिटो आर्थिक विकासको अपेक्षा गरेका थिए। त्यस अनुमानका बाबजुद चीन उँभो लाग्न सकेन। त्यहाँको अर्थतन्त्रको ओरालो यात्रा रोकिएको छैन। चीनमा उपभोक्ताको क्रयक्षमता वृद्धि भएको छैन। यसले बजार शून्य झै बनेको छ। यसैका कारण धेरै उद्योगसमेत धराशायी बनेका छन्। प्रपर्टी मार्केट त कुनै पनि समय गर्लम्म ढल्न सक्ने छ।

अहिले युवा बेरोजगारीसमेत बढ्दो छ। स्थानीय निकायको २३ ट्रिलियन अमेरिकी डलर बराबरको ऋण जोखिममा परेको छ। अर्थशास्त्रीले अहिले चीनमा मन्दीको अनुभव गर्न थालेका छन्। यो मन्दीले वर्षौँसम्म त्यहाँको अर्थतन्त्रपछि पर्ने अनुमानसमेत हुन थालेको छ। ‘चीनको ब्यालेन्स सिटले मन्दी देखाएको छ, मान्छेले पैसाको माग नै गर्न छाडेका छन्,’ जापानको सबै भन्दा ठुलो वित्तीय बैंकको अनुसन्धान निकायका एक अनुसन्धानकर्ता रिचर्ड कोले भने।

चीनमा उपभोक्ताको क्रयक्षमता वृद्धि भएको छैन। यसले बजार शून्य झै बनेको छ। यसैका कारण धेरै उद्योगसमेत धराशायी बनेका छन्। प्रपर्टी मार्केट त कुनै पनि समय गर्लम्म ढल्न सक्ने छ।

मन्दीको यो अवस्थामा उपभोक्ताले लगानी र नयाँ खरिदको साटो ऋण तिर्न र व्यवस्थापन गर्नमै बढी केन्द्रित गर्ने गर्छन्। अहिले चीनमा भनिएको ‘ब्यालेन्ससीट रिसेसन’ को प्रयोग सन् १९९० मा जापानमा आएको डरलाग्दो मन्दीको समयबाट भएको हो। जापानी इतिहासमा घाटाको दशकको रूपमा परिचित सो समयमा आर्थिक वृद्धि दर विकासोन्मुख देशकै हाराहारीमा थियो। तत्कालीन अवस्थामा यसको विकास र पुनः उत्थानको कुरा नै जोखिमको विषय ठहरिने समय थियो। ब्यालेन्स सिट रिसेसनको समयमा ऋणमा सबैको चासो जान्छ। उत्पादनमा कसैको चासो हुँदैन र यसले उठ्नै मुस्किलले हुनेगरी आर्थिक मन्दी सृजना गर्छ।

जापानमा आएको सो मन्दीको असर पनि लामो समय रहेको थियो। सन् २००८ मा संसारमा नै मन्दी थियो। त्यसै समयमा अन्य देशले उत्थान गरेदेखि मात्र जापान विस्तारै उठ्न थालेको थियो। चीनमा बजारमा भने अहिले खरिदको प्रभाव सन् २०१० पछि नै सबै भन्दा कम देखिएको छ।

अमेरिकाको केन्द्रीय बैंकलगायत संसारका धेरैले मुद्रास्फीति प्रभावबाट पार पाउनका लागि ब्याजदरमा वृद्धि गरेका छन्। चीनको अवस्था भने उल्टो छ। उपभोक्ताले मे महिनामा शून्य दशमलव २ प्रतिशत मूल्यमा परिवर्तनको असर महसुस गरे। चीनको केन्द्रीय बैंकले भने गत अगस्ट महिना र जुन महिनामा ब्याजदर घटाएको छ।

चीनको आर्थिक वृद्धि दरमा नै अहिले गम्भीर असर परेको छ। मूल्य र आर्थिक वृद्धि दुवैमा गिरावट आएको गम्भीर अवस्था चीनमा छ। निर्माण कम्पनीले आफ्नो सम्झौतामा बारम्बार पुर्न विचार गरेका छन्। पर्चेसिङ मेनेजर इन्डेक्स (पीएमइ) को सुचांक पनि सन्तोषजनक छैन। पिएमई मे महिनामा ५४ बाट ५० मा झरेको थियो। जुन महिनामा मुस्किलले ५३ दशमलव २ पुगेको हो।

अमेरिकाको केन्द्रीय बैंकलगायत संसारका धेरैले मुद्रास्फीति प्रभावबाट पार पाउनका लागि ब्याजदरमा वृद्धि गरेका छन्। चीनको अवस्था भने उल्टो छ।

अहिले निर्माण क्षेत्रबाहेक पनि यसै किसिमको समस्या देखिएको छ। त्यहाँको बेरोजगारीको समस्या त झनै बढ्दो छ। मे महिनामा बेरोजगारी दर ५ दशमलव २ थियो। तर, १६ देखि २४ वर्षको उमेरमा समूहमा २० दशमलव ८ बेरोजगारी दर हुने भनेको साँच्चै आश्चर्यजनक नै हो।

चीनले अहिले यसबाट पार पाउन अनेकौँ उपायको खोजी गरिरहेको छ। विगतमा छिटो आर्थिक विकास गर्ने क्रममा प्रोपर्टी मार्केटमा धेरै ऋण प्रवाह गर्नुका साथै आपूर्तिमा धेरै बढवा दिएर जोखिम लिएको चीनको यसै समस्याबाट कसरी बाहिर निस्कने त्यो राष्ट्रपति सी चिन फिङका लागि समेत चुनौतीको विषय बनेको छ। लन्डन स्कुल अफ इकोनोमीक्सका प्राध्यापक क्यु जीनका अनुसार चीन अहिले भयङ्कर चक्रब्यूहमा परेको छ। यसबाट पार पाउन धेरै समझदारीको आवश्यकता पर्छ।

चीनको अवस्था भने उल्टो छ। उपभोक्ताले मे महिनामा शून्य दशमलव २ प्रतिशत मूल्यमा परिवर्तनको असर महसुस गरे। चीनको केन्द्रीय बैंकले भने गत अगस्ट महिना र जुन महिनामा ब्याजदर घटाएको छ।

पिएमआईमा आएको त्यो गिरावट पछिल्लो समय हो। अप्रिलमा ५६ दशमलव ४ भएको चीनमा त्यो गिरेर अहिले ५२ दशमलव ९ पुगेको छ त्यसो त यसमा असर देखिन थालेको सन् २०२३ को फेब्रुअरीदेखि नै हो।

चीनको कुल गार्हस्थ्य उत्पादनमा परेको प्रभावले त त्यहाँको अर्थतन्त्र नै चौपट भएको देखाएको छ। २०२२ मा ३.४ प्रतिशतले कुल गार्हस्थ्य उत्पादनमा कमी आएको चीनमा यस वर्ष पनि दुई दशमलव ८ प्रतिशत गिरावट छ।
गत वर्षको तुलनामा रिटेलर बिक्री बढेर १२ दशमलव ७ प्रतिशतसम्म पुगेको देखिन्छ। गत वर्षको खराब अर्थतन्त्रको अवस्थालाई हेर्ने हो भने यो अत्यन्त सकारात्मक पाटो हो। तर २०२३ को अप्रिलमा रहेको १८ दशमलव ४ प्रतिशतबाट यो अत्यन्त ओरालो लागेको हो। बजारको अनुमान अनुसार यस साता यो १३ दशमलव ६ प्रतिशत रहने छ।

यसमा सरकारले हस्तक्षेप गरेर पनि मौद्रिक पाटो सही पथमा जाने छ भन्ने कमै अनुमान छ। ओरालो लागेको कुल गार्हस्थ्य उत्पादन त्यहाँको अर्को गम्भीर समस्या हो। चीनमा अर्को समस्या पनि त्यत्तिकै थपिँदै छ। उत्पादन र बिक्रीमा कमी मात्र होइन कारखाना धमाधम बन्द हुनु थालेका छन्। दक्षिणी चीनको गाङटे नदीको छेउमा तातो हावा बहे पछि यसले कारखानालाई बन्द गराएको हो। यसले हाइड्रोपावर लगायत ऊर्जाका अन्य श्रोतलाई समेत समस्यामा पारेको छ।

प्राकृतिक कारणले आएको ऊर्जामा समस्याले पनि अर्को अप्ठेरो परिस्थितिको सिर्जना गर्छ। सिचुवान लगायत केही प्रान्तमा ठुला उद्योगहरूले नै उत्पादन बन्द गरेका छन्।

धेरै विज्ञले विगतका वर्षमा कोभिडको लकडाउनको कारण सबै बन्द भएको अवस्था नरहेको जनाएका छन्। ‘गत वर्ष कोभिडको समयमा भएको लकडाउन जस्तै नभए पनि यसले पनि धेरै नै प्रभाव पार्छ,’ इन्टलीजेन्स सोलुसन एट एभरस्ट्रिम एनलाइसीसका निर्देशक मिर्को वेइटजिकले भने। उनको विचारमा कोभिडको समयमा निश्चित स्थानलाई लक्षित गर्दै बन्द गरिए पनि उत्पादनका अन्य काम पनि हुनसक्छन्।

प्राकृतिक कारणले आएको ऊर्जामा समस्याले पनि अर्को अप्ठेरो परिस्थितिको सिर्जना गर्छ। सिचुवान लगायत केही प्रान्तमा ठुला उद्योगहरूले नै उत्पादन बन्द गरेका छन्। यसमा जापानी कार कम्पनी टोयटा सीएटीएल तथा चिनिया ब्याट्री पनि पर्छन्।

अहिले कच्चा पदार्थ उत्पादक कम्पनीमा समेत समस्या देखिएको छ। सोलार प्यानलका लागि सबैभन्दा आवश्यक पोली सिलिकन संसारकै सबैभन्दा ठुलो सप्लाएर टोङ वेइले सेवा बन्द गरेको छ। लिथियम उत्पादक याहुाव इन्डस्ट्रीयलले पनि आफ्नो उत्पादन बन्द गरेको छ।

संसारमा नै अहिले आर्थिक मन्दीको समस्या धेरे देशमा रहेको छ। यसका अलावा ध्वस्त भएको प्रोपर्टी मार्केटको अवस्था तथा रोजगारी समस्याले चीनलाई खराब अवस्थामा लैजाने आकलन गर्न थालिएको छ।

चीनमा बढेको यो समस्याका कारण उपभोक्ता, प्रदेशस्तरीय सरकार र केन्द्रीय सरकारको बीचमा सामञ्जस्य देखिन सकेको छैन। झे झाउमा त्यहाँको प्रशासनले बेइजिङको केन्द्रीय सरकारसँग सहयोगको माग गरे पनि पाएको छैन। अर्को सहर यी यु वान त केही समयदेखि उत्पादन नै हुन नसकेको जनाइएको छ। सन् २०२१ देखि नै त्यहाँको उत्पादनमा कमी आएको छ। परिचित इकमर्स कम्पनी अलीबाबा रहेको स्थान हङझाउमा सरकारले लगातार प्राविधिक क्षेत्रलाई कसिलो बनाउँदै छ। यसले पनि प्रोपर्टी मार्केटमा नराम्रो धक्का दिएको छ।

चीनको त्यस अवस्थाको बारे निजी तहबाट विभिन्न सर्वेक्षण पनि भएका छन्। ती सर्वेक्षणले प्रोपर्टी क्षेत्र उकासिन कठिन देखाएको छ। यस वर्षको गृष्ममा पनि बनाइएका भवन बिक्री हुन कठिन देखिएको छ। चीनको इन्डेक्स एकेडेमीको डेटा अनुसार एक सय सहरमा बनाइएका घरको मूल्य यस महिनामा शून्य दशमलव शून्य एक प्रतिशत घटेको छ।

यो समयमा चीनमाथि प्राकृतिक रूपले प्रतिकुलता देखिएको छ। संसारको शक्ति सङ्घर्षमा चीन अहिले अप्ठेरो अवस्थामा परेको छ।

लगातार दुई महिना यसै शैलीमा झर्नुलाई ओरालो यात्राको बाटोको रूपमा हेर्न थालेका छन्। गत दुई वर्षदेखि प्रोपर्टी मार्केटको अवस्था खस्किएको छ। यसका कारण प्रत्येक दिन समस्या थपिएको छ।

संसारमा नै अहिले आर्थिक मन्दीको समस्या धेरे देशमा रहेको छ। यसका अलावा ध्वस्त भएको प्रोपर्टी मार्केटको अवस्था तथा रोजगारी समस्याले चीनलाई खराब अवस्थामा लैजाने आकलन गर्न थालिएको छ। यसै समयमा चीन प्राकृतिक रूपले प्रतिकुल देखिएको छ। संसारको शक्ति सङ्घर्षमा चीन अहिले अप्ठेरो अवस्थामा परेको छ। स्रोत: इन्भेस्टर अब्जरभर, क्यु जेड डटकम, मिन्ट

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : १७ बजे

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु

‘नेपाल आफ्नै गतिको आर्थिक विकासमा छ’

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा

उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’

गलकोट– जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली– युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतंकवादी भारतको मणिपुर