प्रतिनिधिसभा बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयक टेबल हुने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयक टेबल हुने


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्नेछ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची रहेको छ ।

सो विधेयक सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

बैठकमा मुलु्की संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ०६ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान