साफ च्याम्पियनसिपको उपाधि भारतलाई « Khabarhub

साफ च्याम्पियनसिपको उपाधि भारतलाई


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि उचालेको छ।

भारतको बेंगलोरमा भएको फाइनल प्रतिस्पर्धाको निर्धारित ९० मिनेट र थप भएको अतिरिक्त समयको खेल १–१ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमार्फत भएको हो । पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले उपाधि उचालेको हो ।

फाइनलमा कुवेतका शबैशअल खाल्दीले खेलको १४ औं मिनेटमै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा भारतका लल्लियान्जुआला चाग्तेले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । योसँगै भारतले साफको उपाधि नवौं पटक उचालेको छ । भारतले उपाधिसँगै ५० हजार अमेरिकी डलर पाएको छ भने उपविजेता २५ हजार अमेरिकी डलर पाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : १८ बजे

वर्षायामअघि नै रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय