चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण « Khabarhub

चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाबाट सास्ती खेप्दै आएका किसानलाई राहत भएको छ ।

किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएको भनिएका चौपायालाई भने निकै सकस छ । खाने आहारा छैन । बस्नका लागि बर्सातको समयमा ओभानो ठाउँ छैन । गौशालाको सास्तीले चराउन लगेका कैयौँ चौपाया गौशाला फर्किंदैनन् ।

भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएकी छन् । उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छिन् ।

२०७४ सालदेखि त्यहीँ काममा लागेकी बोहरालाई चौपायालाई पर्याप्त आहारा नहुँदा कहिलेकाहीँ निकै चिन्ता हुन्छ । ‘दैनिक साँझ–बिहान हामी गौशालामै हुन्छौँ । आफ्नो काम गर्छौं । गौशालाको अवस्था हेर्दा निकै दया लाग्छ’, उनी भन्छिन्, ‘खानलाई आहारा छैन । घाममा चौपायालाई बस्न छहारी छैन भने पानीमा ओत लाग्ने ठाउँ छैन ।’

बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन् । गर्मीको समयमा मलमूत्र व्यवस्थापन सङ्कलन गर्न सहज हुने गरेको भए पनि बर्सातको समयमा निकै कठिन हुने उनको भनाइ छ । ‘काम नगरी हुँदैन । दिनभर काम गरेन भने घरमा चुलो बल्दैन’, बिर्मादेवी भन्छिन् ।

‘समयमा पाउनुपर्ने पैसा पनि पाइँदैन । जति राम्रो काम गरे पनि काम राम्रो भएन भनेर गुनासो आइरहन्छ । उनले चौपायाका लागि ट्रस्ट निर्माण हुन सकेको भए चौपायालाई पनि राम्रो र त्यसबाट उत्पादन भएको मलमूत्रको व्यवस्थापनमा पनि राम्रो हुने बताइन् ।

सामुदायिक चौपायाको व्यवस्थापन गर्ने एउटा समिति छ । त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ । मलमूत्र व्यवस्थापन गर्ने र गोठाला गरी सातजना गौशालामा कार्यरत छन् । तिनको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ ।

प्रतिव्यक्ति नौ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् । फुलराम चौधरी त्यो चौपायाको गोठालोका रुपमा एक वर्षदेखि काम गर्दै आएका छन् । चरनको भरमा बाँचेका चौपायालाई जङ्गलमा थेग्न निकै मुस्किल हुने गरेको उनको भनाइ छ ।

‘खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौँतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ’, चौधरी भन्छन्, ‘खानेकुरा भए साँझ–बिहान आहारा दिन सकेको भए चौपाया खान नपाएर मर्ने अवस्था आउने थिएन होला ।’

उनले आफूहरु पाँचजना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको बताए । चौपायाको आहाराका लागि नगरपालिकाले दुई लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन् ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताए । उनले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गरे ।

‘गौशालामा दुई सय ५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो’, देशरामले भने, ‘हाम्रो समितिमा त्यत्रो पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । चरनको भरमा चौपाया बाँचेका छन् ।’

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ५३ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि