बाढीपहिरो पीडितलाई सहयोग गर्न ओलीको आग्रह « Khabarhub

बाढीपहिरो पीडितलाई सहयोग गर्न ओलीको आग्रह


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र सहयोगमा जुट्न सबैमा आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षायाम लागेसँगै बाढीपहिरोको खतरा रहेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उच्च सतर्कता अपनाउँदै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

उनले भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेको उल्लेख गर्दै सतर्कता अपनाउन भनेका छन् । उनले भनेका छन्, ‘पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।’ 

अध्यक्ष ओलीले नेकपा एमालेको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

अध्यक्ष ओलीले बाढीपहिरोको जोखिमबारे आफ्ना निकायहरूलाई यथोचित परिचालन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्  ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ३२ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले