प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरुद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै एमालेले दलका तर्फबाट विरोध जनाउन लागेको हो ।
एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक दुवैमा यो विषयलाई सशक्त रुपमा उठाउने तयारी गरेको छ । 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १२ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु