नेपाल अफ्रिका चलचित्र महोत्सव सुरु « Khabarhub

नेपाल अफ्रिका चलचित्र महोत्सव सुरु


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन् ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिइन् ।

उनले भनिन, “दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिरहेका छौँ, महोत्सवमा ११ देशबाट १० अफ्रिकन र नेपालबाट १२ चलचित्र तथा वृतचित्र सहभागी भएका छन् ।”

महोत्सवमा एक दिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ विषयमा अन्तरक्रियासमेत हुने महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिए । महोत्सवको आयोजना जमलस्थित नाचघरमा हुनेछ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ३३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव