प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग्नु संसदीय मर्यादाविपरित : मन्त्री बस्नेत « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग्नु संसदीय मर्यादाविपरित : मन्त्री बस्नेत


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादाविपरित रहेको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसदले आवश्यक ठाने प्रधानमन्त्रीसँग बुझ्ने अधिकार संसदले राख्ने भएपनि आशय नै नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताएका हुन् ।

उनले संसदीय प्रक्रियालाई नै छाडेर संसद अवरुद्ध गर्नु उचित नभएको उल्लेख गरे । प्रधानमन्त्रीले आफ्नो कुरा नभनेको र प्रीतम सिंहले ठीक गरे भनेर नभनेको भन्दै यसलाई अतिरञ्जीत गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

उनले व्यक्तिगत रुची र शुभेच्छालाई लिएर विवाद गनुपर्ने कारण नै नरहेको बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ५९ बजे

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ, पाँच पटक ‘हेर्दाहेर्दै’मा परेको मुद्दा आज के होला ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल