सबै मिलेर प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्नुपर्छ : मन्त्री बस्नेत « Khabarhub

सबै मिलेर प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्नुपर्छ : मन्त्री बस्नेत


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई सबै मिलेर विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै यसमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताएका हुन् ।

उनले यस वर्ष स्वास्थ्य क्षेत्रमा केही बजेट कटौती भएको भन्दै भएका बजेटबाट पनि सबैले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्नसके आर्थिक लाभ, पर्यटन प्रवर्द्धनलगायतका बहुआयामिक फाइदा रहेको बताए । उनले वर्षको एकदिन राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएर मात्रै नहुने भन्दै यस क्षेत्रको थप विकासका लागि वर्षदिन नै क्रियाशिल हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि पर्याप्त बजेटको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : २१ बजे

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल