सन्धिखर्कको रविचित्र मावि कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट « Khabarhub

सन्धिखर्कको रविचित्र मावि कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सन्धिखर्क नगरपालिका १ हटारीनेटामा रहेको युवावर्ष जनता रविचित्र माद्यमिक विद्यालय कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्याँकनमा रविचित्र मावि स्कुलको व्यवस्थापकिय तथा शैक्षिक कार्यमा जिल्लामै उत्कृष्ट ठहरिएको हो ।

कार्यसम्पादनमा उत्कृष्ट भएपछि रविचित्र मा।वि।ले प्रोत्साहन स्वरूप ५ लाख रुपैयाँ पुरस्कार समेत हात पारेको छ । शैक्षिक गुणस्तर वृद्धि र चुस्त व्यवस्थापनमा हौसला मिलोस भन्ने हेतुले सरकारले उक्त राशी प्रदान गर्नेभएको हो ।

पछिल्लो समय सामुदायिक स्कुलको पढाई राम्रो नभएको भनी भैरहेको आलोचनालाई यो मुल्याँकनले गलत सावित गर्दिएको छ । सामुदायिक स्कुलमा आफुहरुले गरेको मिहिनेतको सरकारले गरेको सही मूल्याँकनले आफूहरूलाई उत्साहित बनाएको विद्यालयका प्रधानाध्यापक टेकराज आचार्यको प्रतिक्रिया छ ।

सामुदायिक विद्यालयको मावितर्फ उत्कृष्ट योगदान गर्न सफल रविचित्र मा।वि।मा अहिले ८ सय जना विद्यार्थीले अध्ययन् गर्दै आएका छन् । कक्षा १ देखि ५ सम्म पूर्ण अङ्ग्रेजी माध्यम र ६ देखि ८ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएको यो स्कुलले कक्षा १२ सम्मको पढाई सन्चालन गर्दै आएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।

सामुदायिक स्कुलप्रतिको दृष्टिकोण परिवर्तन नहुदा र सबैलाई एउटै श्रेणीमा राख्दा विश्वास दिलाउन निकै कठिन परेको उनको भनाइ छ । कक्षा १ देखि १० सम्म प्रत्येक कक्षामा शेक्सन बाडेर पढाउदै आएको रविचित्रले ९ जना निजिस्रोतका शिक्षकबाट समेत पठनपाठन गराउदै आएको छ ।

हटारीनेटामा रहेको यो स्कुलमा सन्धिखर्कको अलवा, चुत्राबेसी, ढिकुरा, नुवाकोट, खाचिकोट, नरपानी, वाङ्गला, डिभर्ना, अर्घा, किमडाडा लगायतका स्थानबाट समेत विद्यार्थी पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ०९ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ