सेवाग्राहीसँग घुस लिँदै गर्दा विभिन्न अभियुक्त अख्तियारको नियन्त्रणमा « Khabarhub

सेवाग्राहीसँग घुस लिँदै गर्दा विभिन्न अभियुक्त अख्तियारको नियन्त्रणमा


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द्रकुमार यादव वडा नं ५ को सडकको ग्राभेल र पिससी कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग रु ४५ हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।

अभियुक्त यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको हो ।

त्यसैगरी महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा रु एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दालहालले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : १६ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान