भारतको गौरीकुण्डमा पहिरो : तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता « Khabarhub

भारतको गौरीकुण्डमा पहिरो : तीन जनाको मृत्यु, १३ नेपालीसहित १९ जना बेपत्ता


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको केदारनाथ धामको गौरीकुण्डमा गएको पहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। पहिरोमा परेर नेपाली १३ जनासहित १९ जना बेपत्ता भएका छन्। लगातारको वर्षाका कारण चट्टान खसेको जानकारी राति पाएपछि उद्धारको लागि टोली प्रभावित क्षेत्रमा पुगे पनि अध्यारोका कारण उद्धारमा कठिनाइ भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

‘केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ।

स्थानीय समयअनुसार राति साढे ११ बजेतिर पहिरो गएको जनाएको छ। सो अनलाइनमा बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ०८ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको