कलाकारलाई राज्यले गरेको व्यवहार फरक छ « Khabarhub

कलाकारलाई राज्यले गरेको व्यवहार फरक छ

संगीत सर्जकको रेडियो नेपालको स्वर परीक्षा


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाल कलाकारका रूपमा नेपाली चलचित्रमा अभिनय गरेर नेपाली संगीतमा चार दशकदेखि सक्रिय नेपाली संगीत सर्जक हुन् दिवाकर खड्का। भर्खरै गठन गरेको स्वर्णिम गायन समाज र यही समाजले आयोजना गर्न लागेको स्वर्णिम सङ्गीत साँझको तयारी अहिले भइराखेको छ। नेपाली संगीत क्षेत्र, संगीत यात्रा र समसामयिक संगीत कर्मका विषयमा आधारित रहेर सङ्गीत सर्जक दिवाकर खड्कासँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं कसरी बालकलाकारका रूपमा स्थापित हुनुभयो ?
पहिला दसैँ तिहारमा टोल टोलमा कार्यक्रम हुन्थेँ। त्यसमा नाटक गर्थेँ। बुवाले मलाई यस्ता नाटक सम्बन्धी धेरै कार्यक्रममा लैजानु हुन्थ्यो। त्यसैले यो संगीत नाटक सम्बन्धी मैले बुवा बाट नै प्रेरणा पाएको हुँ। २०२२ सालमा नरशम्शेर जबराले माइतीघर चलचित्र बनाउन लाग्नुभएको रहेछ। त्यसमा नाटक गर्न दिनुभयो। मैले नाटक गरेँ। पछि चलचित्र आउँदा नाटक लामो भएको भन्दै काटिएछ। पछि अर्को चलचित्र हिजो आज भोलि निर्माण भयो। यसमा सुरुदेखि नै रोल छ। यसको २५ वर्षपछि हामीलाई नेपाल चलचित्र कलाकार संघले तत्कालीन राजा वीरेन्द्रको हातबाट सम्मान गरेको थियो। यसरी नै टेलिफिल्ममा अभिनय गर्दै गएँ।

तपाईंलाई रोमान्टिक गायक भनिन्छ। त्यो यात्रा कस्तो रह्यो ?
रेडियो नेपालको स्वर परीक्षाका लागि यो दिनमा यो गायक भनेर एक महिनामा एक जनाका पालो आउँथ्यो। म २०४३ सालमा स्वर परीक्षामा सहभागी भएँ। त्यसमा एकै पटक पास भएँ। मेरो डेटमा स्वर्गीय राम थापाको सङ्गीतमा विमला थापाको रचनामा ‘कल्पनाको नौलो संसार’ गाएँ। एक जना चिनजानको मान्छे शान्ति शाह अहिले स्वर्गीय हुनुभयो। उहाँले आफ्नो ‘डेट’मा मलाई युगल गीतमा साथ दिऊ भन्नुभयो र रेडियोमा युगल गीत गाएँ।

स्वर्गीय राम थापासँग सङ्गीत सम्बन्ध कसरी बन्यो ?
उहाँ सरकारी अफिसमा काम गर्नुहुन्थ्यो। रेडियो नेपालमा मेरो नाममा डेट आइसकेपछि सङ्गीतकार चाहियो। उहाँलाई पनि आधुनिक गीत मनपर्ने रहेछ। त्यो बेला उहाँले ‘हाई हाई वनकालीमाई’ भन्ने लोकगीत रेकर्ड गराइसक्नु भएको थियो। मैले उहाँको सङ्गीतमा १० देखि १२ वटा गीतमा गाएँ।

पहिलादेखि अहिलेसम्म आउँदा के कस्ता परिवर्तन आए ?
पहिला हामी शब्द धेरै पटक अभ्यास गथ्र्यौं। पहिला गीतलाई धेरै महत्त्व दिइन्थ्यो। पहिलाको तुलनामा शब्दहरू खच्किएको नै हो। अहिले राम्रो गीत गाउनेहरू पनि छन्। तर शब्दको कुरामा मान्छेहरू अहिले पनि पुराना गायकका गीतहरू गुनगुनाउँछन्।

नेपाली सङ्गीतमा पुराना पुस्ता किन ओझेलमा परे होलान ?
त्यो बेला गीतका लागि रेडियो नेपाल भन्दा केही विकल्प थिएन। पहिला हामीले गीत गाएर निस्किदा नामले चिने पनि मान्छे चिन्दैन थिए। अहिले रातारात गीत गाउन सकिन्छ। रेडियो नेपालमा हामीले महिनौसम्म पालो कुर्नुपर्थ्यो।

स्वर्णिम गायन समाज गठन गर्नुको मुख्य उद्देश्य के हो ?
पुराना कलाकारलाई सम्मान गर्नु नै यसको उद्देश्य हो। यसका अध्यक्षले अब सबैलाई फ्रन्टमा ल्याएर बाहिर ओझेलमा परेका ५० कटेका कलाकारलाई कार्यक्रम गरेर अगाडि ल्याउनुपर्छ भन्नुभएको छ। सकेसम्म दुई महिनामा एक कार्यक्रम गर्ने र नयाँ पुस्तालाई पनि पुराना गायकले यसरी गाउँछन् भनेर गाउन लगाउने हाम्रो उद्देश्य हो।

नयाँ पुस्ताले पहिलेका गीतलाई कसरी लिएका छन् ?
हाम्रो पालो भनेको स्वर्णिम युग जस्तो थियो। अग्रज गायकसँग हामीले त भेटघाट गर्यौं अहिलेका पुस्ता कतिपयले त हामीलाई चिन्नु पनि हुन्न। अहिले त घरघरमा नै स्टुडियो हुन्छ। गायक र गायिकालाई नै नभेट्ने अवस्था छ। गीतसङ्गीत मैले सकेसम्म गरिरहन्छु।

नयाँ पुस्ताको सक्रियता बढ्दै जाँदा पुरानो पुस्ता ओझेल परेको हो ?
अहिलेका गायक गायिका स्वतन्त्र ढंगले गीत गाउँछन्। अहिले कतै रोकटोक नै छैन। त्यो बेला सेन्सर हुन्थ्यो। शब्द चयन गर्ने संस्था कसैबाट अनुमति लिनुपर्ने हुन्थ्यो। आफ्नै धुनमा लेख्नु हुन्छ गाउनु हुन्छ। शब्दले भनेको कुरा के हो भनेर बुझ्नुपर्छ। नारायण गोपालका गीतहरू धेरै गाइन्छ। त्यो भनेको शब्द चयन राम्रो भएर नै हो।

नेपाली सङ्गीतको भविष्य अहिले कस्तो छ ?
नेपाली सङ्गीतको भविष्य अहिलेसम्म राम्रो छ। हाम्रो मौलिकतामा बस्नु पर्यो बाजाको संरक्षण गर्नुपर्यो।

साउन ३१ गते हुने स्वर्णिम गायन समाज कार्यक्रममा तपाईंले कुन प्रस्तुति दिने तयारी गर्नुभएको छ ?
पहिला हामीलाई चिनाएको गीतबाट नै सबै कलाकारलाई गाउन लगाउँछौँ। त्यसमा पनि हामीले सबै भन्दा पहिलो प्राथमिकता हामी भन्दा अग्रजलाई दिन्छौं।

तपाईंलाई राज्यले नै पछाडि पारेको हो ?
नेपाली सङ्गीतमा कलाकारलाई राज्यले गरेको व्यवहार फरक छ। भन्नलाई हामी कलाकारलाई देशको गहना भन्ने तर त्यो देशको गहना झुन्ड्याउने भन्दा अरु केही छैन। आफूसँग पैसा नहुने कलाकारलाई अस्पतालमा उपचार गराउनु पर्यो। स्वर्गीय राम थापाले कुनै सम्मान केही पाउनु भए। यहाँ कति कालाकार छन् भन्ने कुनै लेखाजोखा नै छैन। राज्यले एउटै गीत गाएर कलाकार बन्ने कि कति वर्षदेखि काम गरेर कलाकार हुने हो ? यसको मूल्याङ्कन हुनुपर्छ। यस्तो भयो भने हामी ओझेलमा पर्दैनथ्यौँ होला।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : १२ बजे

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक