युवा संघले आज सरकारविरुद्ध प्रदर्शन गर्ने | Khabarhub Khabarhub

युवा संघले आज सरकारविरुद्ध प्रदर्शन गर्ने


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज गठबन्धन सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा संघले आज अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो ।

सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाई भैँसीमा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको जनाएको छ ।

सय किलो सुन तस्करी काण्डका प्रमुख व्यक्तिलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदूरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सो काण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ०६ बजे

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार

८० हजार घुससहित बुढानिलकण्ठका सवइन्जिनियर पक्राउ

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सवइन्जिनियर टिकाराज राई ८० हजार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार

युरोपेली आकाशमा नेपाली विमानमाथिको प्रतिबन्ध कायमै

काठमाडौं – युरोपेली सङघ (इयू)ले नेपालका विमानसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएकोे