इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच झडप, संकटकाल घोषणा « Khabarhub

इथोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच झडप, संकटकाल घोषणा


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इथोपिया– इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ । जसका कारण स्थिति तनावपूर्ण बनेको छ ।

हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले  तनाब स्थितिले गम्भीर रूप लिइरहेको बताएका थिए ।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव नदेखिए पछि संकटकाल घोषणा गरिएको हो ।

स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताए पछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन ।

सरकारले जारी गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा दिनप्रतिदिन खतरा बढ्दै गएको उल्लेख गरिएको छ ।

यस हप्ताको सुरुमा इथियोपियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको प्रान्तमा ‘फानो मिलिशिया’ र इथियोपियन नेशनल डिफेन्स फोर्स बीचको हिंसात्मक झडप भएको थियो । जसले संकटको स्थिति निम्त्याएको थियो । मिडिया रिपोर्टका अनुसार हालै सरकारले ‘फानो’ भनेर चिनिने मिलिशियालाई हतियार विसाउन बाध्य पार्ने प्रयास गरे लगत्तै तनाव बढेको हो ।

अहिले तनावलाई मध्यनजर गर्दै दुई लोकप्रिय पर्यटकीय सहर लालिबेला र गोन्डरको उडान स्थगित गरिएको छ । हिंसा रोक्न प्रदेशमा इन्टरनेट बन्द गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ५७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी