बनेपामा फुटबल एकेडेमी स्थापना, प्रशिक्षण दिन सुरु  | Khabarhub Khabarhub

बनेपामा फुटबल एकेडेमी स्थापना, प्रशिक्षण दिन सुरु 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बनेपामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई क्लबको सहकार्यमा फुटबल एकेडेमी स्थापना गरिएको छ । 

बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा उक्त एकेडेमी स्थापना गरिएको हो । एकेडेमीले आफ्नो स्थापनासँगै सातदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षणसमेत दिन सुरु गरेको छ ।

एकेडेमीले हाल ६० बालबालिकालाई बनेपा पोलिटेक्निकस्थित मैदानमा फुटबल प्रशिक्षण दिइरहेको छ । काभ्रे जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा स्थापना गरिएको एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहेका छन् । 

यस्तै सदस्यमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा बागमती प्रदेश फुटबल सङ्घका अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटबल सङ्घका अध्यक्ष विकास नारायण श्रेष्ठ, सञ्चारकर्मीद्वय विनोद न्यौपाने र केशवराज पौडेल रहेका छन् । 

बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको जनाइएको छ । एकेडेमीले निकेश नापितलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।  

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग