सुन प्रकरणमा संलग्नलाई सरकारले संरक्षण गरेको भन्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

सुन प्रकरणमा संलग्नलाई सरकारले संरक्षण गरेको भन्दै काठमाडौंमा प्रदर्शन


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । 

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको र तस्करीलाई राज्यले नै संरक्षण गरेको भन्दै युवासंघले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सुन प्रकरणको गहिराइसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रदर्शनमा युवा संघका अध्यक्ष क्षितिज थेवेले दिलिप भुजेललाई समातेर मूल नाइकेलाई छुट दिने काम सह्य नहुने बताए । विभिन्न सामानमा राखेर सुन तस्करी भएको र सरकारमा रहेका व्यक्तिहरूको नै संलग्नता रहेकाले सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 

युवा संघले पशु चौपायामा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारी पीडितको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : २२ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट