कञ्चनपुरमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ « Khabarhub

कञ्चनपुरमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार कृष्णपुर नगरपालिका–२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाइ मृत अवस्थामा भेटिएकोमा उनको हत्या आरोपमा प्रहरीले भतिज र भाञ्जा नाता पर्ने दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाइभाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको पाइएको हो।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरूले खुलाएका छन्।

तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिसले बयान दिएका डीएसपी डाँगीले बताए । 

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कुवेर दमाईको घरमा आमा बुबालाई दुःख हैरानी दिने, घरमा रहेका सामान समेत बिक्रीवितरण गर्नुका साथै मादक पदार्थ सेवन गर्दै आएकोले सँगै मदिरा सेवन गरी सम्झाइ बुझाइ गर्ने क्रममा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको हो।

मृत्यु भएपछि घटना लुकाउने उद्देश्यले कुवेरको शव खाल्डो खनेर पुरेको पनि उनीहरूले स्वीकार गरेका छन्।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ३९ बजे

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक