कञ्चनपुरमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ « Khabarhub

कञ्चनपुरमा एक युवकको हत्या आरोपमा दुई जना पक्राउ


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार कृष्णपुर नगरपालिका–२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाइ मृत अवस्थामा भेटिएकोमा उनको हत्या आरोपमा प्रहरीले भतिज र भाञ्जा नाता पर्ने दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाइ र भाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको पाइएको हो।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरूले खुलाएका छन्।

तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिसले बयान दिएका डीएसपी डाँगीले बताए । 

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कुवेर दमाईको घरमा आमा बुबालाई दुःख हैरानी दिने, घरमा रहेका सामान समेत बिक्रीवितरण गर्नुका साथै मादक पदार्थ सेवन गर्दै आएकोले सँगै मदिरा सेवन गरी सम्झाइ बुझाइ गर्ने क्रममा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको हो।

मृत्यु भएपछि घटना लुकाउने उद्देश्यले कुवेरको शव खाल्डो खनेर पुरेको पनि उनीहरूले स्वीकार गरेका छन्।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ३९ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै