प्रेस स्वतन्त्रतालाई असर पार्ने कानून बन्दैन : मन्त्री गुरुङ | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रतालाई असर पार्ने कानून बन्दैन : मन्त्री गुरुङ


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानून नबन्ने बताएका छन् । 

शनिबार यहाँ नेपाल प्रेस युनियनको आयोजना र एफइएसको सहयोगमा आयोजित ‘प्रस्तावित सूचना तथा सञ्चार विधेयक’बारे छलफल कार्यक्रममा उनले आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधेयक र कानून बन्छ भन्ने सोच्न पनि नसक्ने बताए ।

उनले भने, ‘मिडियाभन्दा पनि ‘सोसल मिडिया’ मा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो । यद्यपि मिडियालाई नियन्त्रण गर्ने छलफल भएको मलाई जानकारी छैन ।’

उहाँले यस विषयमा आफू पनि गम्भीर भएको भन्दै प्रजातन्त्र स्थापनामा मिडिया क्षेत्रको भूमिका नभुलेको बताए । ‘छलफलमा भएका विषयलाई सुधार गर्न सकिन्छ । गलत हुने कुरालाई रोक्न म तयार छु’, उनले भने ।

युनियनका अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताए। उनले भने, ‘सुझाव लिने, समिति बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने देखिएको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी छ । पत्रकारलाई ढुक्कसाथ पत्रकारिता गर्न रोक्न बनेका कानूनलाई सरकारले परिमार्जन गर्न जरुरी छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानूनी सुधारका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा चर्चा गरे । आयोजित कार्यक्रममा महसङ्घका अध्यक्ष विपुल पोखरेलसँगै महासङ्घका पूर्वअध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरू उपस्थित थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ०९ बजे

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

चितवन– चितवनका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित

बिक्री नहुँदा गोदाममै थन्कियो एक करोड केजी चिया

झापा– कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री

एमालेको सङ्कल्प यात्रा आज पर्वत पुग्दै

काठमाडौँ– नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज

सत्ताले धानेको साख

एउटा मदिरा प्रेमी मरेपछि स्वर्ग पुगेछ। आफूले अपेक्षा नगरेको ठाउँ

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै, के छ दरबारमा ?

चितवन- भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन्