‘कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ’  « Khabarhub

‘कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ’ 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। 

कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका नेता महरले सरकार जनताको जनजिविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरेको भन्दै आपत्ति जनाए।

सुन तस्करी प्रकरणमा सरकारले भेदभावपूर्ण छानबिन गरिरहेको उनको भनाइ थियो। सरकार जनताका जनजिविकाका सवालमा पनि गम्भीर नदेखिएको उनको भनाइ थियो। ‘देशमा डेँगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्। सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन्, त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ। यसले जनतामा सरकारप्रति अविश्वास बढ्दो छ,’ उनले भने।

सरकारलाई जनताको जनजिविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाइ छ। तीनै तहका सरकारलाई जवाफदेही बनाउनु पनि कांग्रेसको १० दिने अभियानको उद्देश्य रहेको उनले प्रस्ट पारे।

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए। चुनावका बेला पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख भएका कुरा कार्यान्वयन भएको छकि छैन भन्ने विषयमा पनि आफ्ना जनप्रतिनिधिसँग छलफल गरी समीक्षा गरिने उनले बताए। महर अभियानका लागि धनुषामा खटिएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : १३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल