'कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ'  | Khabarhub Khabarhub

‘कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ’ 


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। 

कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका नेता महरले सरकार जनताको जनजिविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरेको भन्दै आपत्ति जनाए।

सुन तस्करी प्रकरणमा सरकारले भेदभावपूर्ण छानबिन गरिरहेको उनको भनाइ थियो। सरकार जनताका जनजिविकाका सवालमा पनि गम्भीर नदेखिएको उनको भनाइ थियो। ‘देशमा डेँगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्। सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन्, त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ। यसले जनतामा सरकारप्रति अविश्वास बढ्दो छ,’ उनले भने।

सरकारलाई जनताको जनजिविकाको सवालमा काम गराउनका लागि चौतर्फी दबाब दिनु आवश्यक रहेको महरको भनाइ छ। तीनै तहका सरकारलाई जवाफदेही बनाउनु पनि कांग्रेसको १० दिने अभियानको उद्देश्य रहेको उनले प्रस्ट पारे।

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए। चुनावका बेला पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख भएका कुरा कार्यान्वयन भएको छकि छैन भन्ने विषयमा पनि आफ्ना जनप्रतिनिधिसँग छलफल गरी समीक्षा गरिने उनले बताए। महर अभियानका लागि धनुषामा खटिएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : १३ बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस् 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको