चीनको हेबेईमा बाढीमा परी कम्तीमा १० जनाको मृत्यु « Khabarhub

चीनको हेबेईमा बाढीमा परी कम्तीमा १० जनाको मृत्यु


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – उत्तरी चीनको हेबेई प्रान्तको एक सहरमा आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीहरूले बेइजिङबाट करिब १५० किलोमिटर (९० माइल) टाढा रहेको प्रान्तको सबैभन्दा बढी प्रभावित शहर बाओडिङमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १० रहेको घोषणा गरेका छन् ।

स्थानीय समयअनुसार शनिबार मध्याह्नसम्ममा शहरका छ लाखभन्दा बढी मानिसलाई जोखिममा रहेका स्थानबाट सुरक्षित स्थानमा सारिएको मेयरको कार्यालयले जनाएको छ ।

हालैका महिनाहरूमा चीन रेकर्ड तोड्ने गर्मीदेखि घातक वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गत महिना प्राकृतिक प्रकोपका कारण १४७ जनाको मृत्यु वा बेपत्ता भएको चीनले शुक्रबार जनाएको छ ।

गत शुक्रबार चीनको मुख्य भूमि चीनमा आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछि आएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा भीषण वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले जुलाई महिनामा १४२ जनाको मृत्यु वा वेपत्ता हुनुको कारण बाढी वा भौगर्भिक प्रकोपका कारण भएको जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : २२ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी