‘ब्ल्याक सी’मा अमेरिकी ड्रोन खसालेको रूसको दाबी « Khabarhub

‘ब्ल्याक सी’मा अमेरिकी ड्रोन खसालेको रूसको दाबी


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्ल्याक सी’मा अमेरिकी ‘रिपर एमक्यू–९’ सैन्य ड्रोनले ‘रूसी राज्यको सीमा प्रवेश गर्न नदिन’ सुखोई–३० लडाकू विमानको प्रयोग गरिएको र अमेरिकी ड्रोनलाई खसालेको रूसले शनिबार जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी लडाकू विमान नजिक आइपुग्दा ‘विदेशी जासुसी ड्रोन’ले सीमाबाट यु–टर्न लिएको थियो ।” उक्त ड्रोन अमेरिकी वायु सेनाको भएको मन्त्रालयले जनाएको छ ।

‘रूसी विमान सकुशल आफ्नो एयरबेसमा फर्किएको छ, सीमाको कुनै उल्लङ्घन भएको छैन,’ विज्ञप्तिमा भनिएको छ । मस्कोले युक्रेनमा आफ्नो आक्रमणलाई अघि बढाइरहँदा हालैका महिनाहरूमा ‘ब्ल्याक सी’मा र बाल्टिक सागरमा रूसी र पश्चिमी विमानहरूसँग सम्बन्धित घटनाहरू बढेका छन् ।

मार्चको मध्यमा ‘ब्ल्याक सी’मा रूसी लडाकू विमानसँग ठोक्किएर अर्को अमेरिकी रिपर ड्रोन दुर्घटनाग्रस्त भएपछि मस्को र वासिङ्टनबीच तनाव बढेको थियो ।

मस्कोले गत मे महिनामा बाल्टिक सागरमाथि चार वटा अमेरिकी रणनीतिक बमवर्षक विमानलाई एक हप्ताको अन्तरालमा दुई छुट्टाछुट्टै घटनामा रोकेको बताएको थियो । रूसले फ्रान्सेली, जर्मन, पोलिश र बेलायती विमानलाई पनि रोकेको जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : ०८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर