चालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी « Khabarhub

चालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो ।

कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार रु ४० करोड ६७ लाख ४२ हजार सात सय ३५ बक्यौता रहेको छ । तीमध्ये कालो सूचीमा रहेका ग्राहकबाट रु ७३ लाख तीन हजार ४८ असुल गर्न बाँकी छ । केन्द्रले कालो सूचीमा दुई सय ६७ ग्राहकलाई राखेको छ ।

बक्यौता रकममध्ये सबैभन्दा धेरै सडक बत्तीको रु ११ करोड १५ लाख ९१ हजार तीन सय १४ रहेको पौडेलले जानकारी दिए । उनका अनुसार घरायसी बिजुलीको रु सात करोड ८३ लाख ७३ हजार छ सय ७९, संस्थागत रु ९० लाख १२ हजार ५९, व्यवसायी रु एक करोड ८३ लाख ३६ हजार एक सय ५१, सामाजिक संस्थाहरूको रु दुई करोड १२ लाख ९२ हजार पाँच सय ८८ बक्यौता रहेको छ ।

मनोरञ्जन क्षेत्रकाले रु दुई लाख २८ हजार एक सय ६२, औद्योगिक क्षेत्रको रु दुई करोड ६४ लाख २९ हजार सात सय २२, सरकारी कार्यालयको रु १३ करोड ८३ लाख ३० हजार चार सय ६२, खानेपानीको रु दुई लाख ६६ हजार छ सय १८, अस्थायी, धार्मिक सङ्घ संस्था र सामाजिक सङ्घ संस्थालगायतले तिर्न बाँकी रहेको उनले बताए ।

गत आवमा १९ करोड ७४ लाख ७७ हजार तीन सय ७० युनिट विद्युत् खपत भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस कार्यालयअन्तर्गत ६५ हजार पाँच सय आठ सेवाग्राही रहेका छन् । गत आवमा रु दुई अर्ब पाँच करोड ४७ लाख ६० हजार पाँच सय ५६ विद्युत् महसुल सङ्कलन भएको छ । ग्राहकले समयमा महसुल तिर्दा रु नौ लाख २६ हजार सात सय ५१ छुट पाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको