चालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी « Khabarhub

चालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो ।

कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार रु ४० करोड ६७ लाख ४२ हजार सात सय ३५ बक्यौता रहेको छ । तीमध्ये कालो सूचीमा रहेका ग्राहकबाट रु ७३ लाख तीन हजार ४८ असुल गर्न बाँकी छ । केन्द्रले कालो सूचीमा दुई सय ६७ ग्राहकलाई राखेको छ ।

बक्यौता रकममध्ये सबैभन्दा धेरै सडक बत्तीको रु ११ करोड १५ लाख ९१ हजार तीन सय १४ रहेको पौडेलले जानकारी दिए । उनका अनुसार घरायसी बिजुलीको रु सात करोड ८३ लाख ७३ हजार छ सय ७९, संस्थागत रु ९० लाख १२ हजार ५९, व्यवसायी रु एक करोड ८३ लाख ३६ हजार एक सय ५१, सामाजिक संस्थाहरूको रु दुई करोड १२ लाख ९२ हजार पाँच सय ८८ बक्यौता रहेको छ ।

मनोरञ्जन क्षेत्रकाले रु दुई लाख २८ हजार एक सय ६२, औद्योगिक क्षेत्रको रु दुई करोड ६४ लाख २९ हजार सात सय २२, सरकारी कार्यालयको रु १३ करोड ८३ लाख ३० हजार चार सय ६२, खानेपानीको रु दुई लाख ६६ हजार छ सय १८, अस्थायी, धार्मिक सङ्घ संस्था र सामाजिक सङ्घ संस्थालगायतले तिर्न बाँकी रहेको उनले बताए ।

गत आवमा १९ करोड ७४ लाख ७७ हजार तीन सय ७० युनिट विद्युत् खपत भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस कार्यालयअन्तर्गत ६५ हजार पाँच सय आठ सेवाग्राही रहेका छन् । गत आवमा रु दुई अर्ब पाँच करोड ४७ लाख ६० हजार पाँच सय ५६ विद्युत् महसुल सङ्कलन भएको छ । ग्राहकले समयमा महसुल तिर्दा रु नौ लाख २६ हजार सात सय ५१ छुट पाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : २६ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’