चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश | Khabarhub Khabarhub

चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, “मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।”

भारतको तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी मार्क ३ ९एलभीएम–३० हेभी लिफ्ट प्रक्षेपण यानबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो ।

अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : ४१ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका