हेल्लो सरकारको २४ घण्टे सेवापछि गुनासो बढ्न थाले  | Khabarhub Khabarhub

हेल्लो सरकारको २४ घण्टे सेवापछि गुनासो बढ्न थाले 


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेका थिए । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ ।

नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ सुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ ।

यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरूपमा बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यस्तै प्यान लिन के गर्नुपर्छ रु नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ रु जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ५७ बजे

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय