‘सहकारी कानुन कार्यान्वयन नहुँदा स्वेच्छाचारिता बढ्यो’ « Khabarhub

‘सहकारी कानुन कार्यान्वयन नहुँदा स्वेच्छाचारिता बढ्यो’


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका कानुन कार्यान्वयन नभएर सहकारीमा स्वेच्छाचारिता बढेको बताएका छन् । सहकारी पत्रकार समाज आज आयोजना गरेको १३औँ स्थापना दिवस कार्यक्रममा उनले सहकारी कानुनअनुसार सहकारीले घरजग्गामा लगानी गर्न नपाइने व्यवस्था विपरीत लगानी गरेका सहकारीमा पछिल्लोपटक समस्या आएको सुनाए ।

लगातार एउटै कम्पनीले सहकारीको लेखापरीक्षण गर्न नपाउने कानुन कार्यान्वयनका लागि पनि सहकारी अभियानकर्मी र सञ्चारकर्मीको भूमिका हुने उनको भनाइ छ । सहकारी कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप दिन लागिएको उनले कार्यक्रममा जानकारी दिए ।

सो अवसरमा सहकारी सञ्चारका कार्यकारी सम्पादक हीरा बस्नेतलाई सहकारी क्षेत्रमा उत्कृष्ट समाचार प्रकाशन गरेबापत रु २० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । समाजका संस्थापक सदस्य शर्मिला ठकुरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौडेल, सहकारी बैंकका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदन खड्का, समाजका संस्थापक अध्यक्ष यादव हुमागाइँ, पूर्वअध्यक्ष डिल्लीप्रसाद सापकोटा र अध्यक्ष काजीबहादुर श्रेष्ठलगायतले सहकारी क्षेत्रलाई नियमन गर्न सरोकार भएका निकायका समन्वयमा काम गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : २१ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६