रुसी सेनामा भर्ती गर्न क्युबाबाट मानव तस्करी « Khabarhub

रुसी सेनामा भर्ती गर्न क्युबाबाट मानव तस्करी


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

हवाना- मानव तस्करहरूको सञ्जालले क्यारेबियन मुलुक क्युबालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पु¥याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो ।

युक्रेनको युद्धमा क्युबा संलग्न नभएकाले क्युबाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा लगाउने जुनसुकै किसिमको मानव बेचबिखनमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने विदेश मन्त्रालयले एक वक्तव्य निकालेर चेतावनी दिएको छ ।

गत शुक्रबार मियामीको अमेरिका टेभि अखबारमा दुई जना क्युबाली किशोरले आफूहरू ठगिएको तथा युक्रेनमा निर्माणस्थलमा रूसी सेनाको साथमा काम गर्न बाध्य पारिएको बताउँदै आफूहरूको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको समाचार छापिएपछि मानव तस्करीबारे खुलेको हो । यससँगै क्युबा सरकारले पनि आफ्नो भनाइ आज सार्वजनिक गरेको छ ।

एक जना पीडितले आफू सुत्न नसकेको तथा आफूमाथि कुटपिट भएको दाबी गरेका छन् । पीडितहरूलाई रुसमा वैधानिक रुपमा बस्न रुसी सेनामा संलग्न गराइएको दस्तावेजमा हस्ताक्षर गराइएको समाचारमा बताइएको छ । यद्यपि यससम्बन्धमा मस्कोबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : १४ बजे

यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा