एसियाडमा ‘डेब्यु’ गर्दै नेपाली महिला ह्याण्डबल « Khabarhub

एसियाडमा ‘डेब्यु’ गर्दै नेपाली महिला ह्याण्डबल


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद एसियाडमा नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक ‘डेब्यु’ गर्दैछ । १९औँ संस्करण एसियाड अज्ञागामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको हाङझावमा हुँदैछ ।

हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । त्यसमध्ये महिला ह्याण्डबल पनि हो । प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोली पोखरामा साउन पहिलो सातादेखि बन्द प्रशिक्षणमा छ ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय ‘कभर्ड हल’ मा नेपाली टोलीका १६ खेलाडी अभ्यासरत छन् । यसअघि विसं २०७६ मा पोखरामा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुदमा नेपाल उपविजेता बनेको थियो ।

आयोजक राष्ट्र चीन, जापान, हङकङ, भारतलगायतका देशसँग भिड्दा नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ । नेपाली महिला ह्याण्डबल टोलीका उपकप्तान उमा राइले एशियाडका लागि टोलीका सबै सदस्य उत्साहित रहेको बताइन् । हरेक खेलाडीको सपना प्रतियोगितामा जित भएको उनको भनाइ छ ।

“पोखराको वातावरणमा राम्रोसँग अभ्यास गरिरहेका छौँ । पदक ल्याउने कोसिस गर्नेछौँ”, उनले भनिन् । नेपाली टोलीमा अधिकांश नयाँ खेलाडी छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेको टोलीले हप्तामा एक दिन कास्की जिल्ला ह्याण्डबल सङ्घको पुरुष टोलीले अभ्यास खेल खेल्ने गरेको छ ।

“अन्तर्राष्ट्रिय खेलाडीसँग खेल खेलेर अनुभव बटुल्न चाहन्छौँ तर त्यो अवसर प्राप्त भएको छैन”, उपकप्तान राईले भनिन् । नेपाली टोली सागको तयारीका लागि थाइल्याण्डमा गएर अभ्यास गरेको थियो ।

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले प्रतियोगितामा खेलाडीको प्रदर्शन राम्रो हुनेमा विश्वास व्यक्त गरिन् । प्रतियोगितामा पहिलो सहभागिताले खेलाडी उत्साहित भएको र महिला ह्याण्डबल अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गरेको उनको भनाइ छ ।

“बाहिर लान पाएको भए राम्रो हुनेथियो । खेलाडीले बाहिर गएर खेल्दा अनुभव बटुल्न पाउथे तर यसपटक त्यो अवसर मिलेन तर खेलाडी प्रतियोगितालाई लिएर उत्साहित छन् ।” प्रशिक्षक थापाले भनिन् ।

एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चीनसँग खेल्नेछ । त्यसैगरी जापान, हङकङ र भारतसँग पनि नेपालले खेल्नेछ । महिला ह्याण्डबल टोलीमा १६ खेलाडी र दुई प्रशिक्षक रहेका छन् । खेलाडीमा बन्दना राई (कप्तान), उमा राई (उपकप्तान) तथा खेलाडी आइत ल्याह्मु शेर्पा, कल्पना सिञ्जाली र बिमला तामाङ छन् ।

यसैगरी अन्य खेलाडीमा कल्पना ओली, रमिला बस्नेत, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, सङ्गीता चौधरी, बिमला भुजेल, सञ्जु राई, रामकुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना रहेका छन् । यसैगरी टिम प्रशिक्षकमा विन्दा थापा र दीपक सिंह बोहरा रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ५२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना