एसियाली खेलकुद : चीन शीर्षस्थानमा यथावत, नेपाललाई एक पदक पक्का  « Khabarhub

एसियाली खेलकुद : चीन शीर्षस्थानमा यथावत, नेपाललाई एक पदक पक्का 


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । 

बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् ।

हालसम्म चीन एक सय ७४ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय २१ पदक प्राप्त गर्दै शीर्षस्थानमा कायमै रहेको छ । 

यस्तै जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्यका साथ एक सय ४७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित एक सय ४८ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । 

यसैगरी, भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित ८१ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५४ पदकका साथ पाँचौँ स्थानमा छ । 

यसैगरी चाइनिज ताइपेई १३ स्वर्ण, १४ रजत र २१ कास्यसहित ४८ पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, १२ रजत र २५ कास्यसहित ४७ पदकका साथ सातौँ, बहराइन १० स्वर्ण, एक रजत र पाँच कास्यसहित १६ पदकका साथ आठौँ, दक्षिण कोरिया नौ स्वर्ण, १२ रजत र आठ कास्यसहित २९ पदकका साथ नवौँ तथा हङ्कङ चाइना सात स्वर्ण, १५ रजत र २८ कास्यसहित कुल ५० पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

यसैबीच, एसियाली खेलकुदमा नेपाल पदकविहीनबाट जोगिएको छ । महिला कबड्डीतर्फ नेपालले पदक पक्का गरेको छ । चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । 

सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ९ : ३५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान