शिशु जन्माउन नसकेपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

शिशु जन्माउन नसकेपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

सिमिकोट– हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्‍याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए । 

आमा र बच्चाको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशुको यसै महिनाको २० गतेका लागि समय तोकिएको थियो ।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको जटिलस्थिति  (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभावमा बिहीबार बिहान मात्र सुर्खेत पुर्‍याइएको उनको भनाइ थियो ।

पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट बेहोरिने भएको छ। 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : २७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको