राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु « Khabarhub

राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । 

देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् ।

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनेछन् भने वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुवबहादुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धि, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरू र राप्रपाको पृथक सिद्धान्त बारेमा प्रशिक्षण दिनेछन् । 

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले नेपालको अर्थतन्त्र सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले गलत सूचना सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले युवा महिला केन्द्रित नवीन राप्रपा र नेतृत्व सम्बन्धमा, विज्ञ आस्था दाहाल, वरिष्ठ पत्रकार दिलभुषण पाठकले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन् । 

प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यसँग संविधानका बारेमा अन्तरक्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १ : ३७ बजे

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

चितवन– चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि