आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल : गगन थापा | Khabarhub Khabarhub

आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल : गगन थापा


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका हुन् ।

उनले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उनको भनाइ छ । उनले कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाई रोक्न कानूनलाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिए । थापाले अहिलेको कानूनका कारण समस्या भएको भन्दै यसलाई सच्याउनुपर्ने र राष्ट्रपतिलाई बदनाम हुनुबाट रोक्नुपर्ने बताए ।

उनले कानून छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ३ : ०१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु