ताइवानमा कोइनु आँधीबाट १९० घाइते « Khabarhub

ताइवानमा कोइनु आँधीबाट १९० घाइते


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ताइपेई– बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन् । कोइनुका कारण स्कुल र कार्यालयहरू बन्द भएका छन् । 

जापानी भाषामा ‘कुकुर’ अर्थ रहेको कोइनु बिहीबार बिहानै दक्षिणी ताइवानको केप इलुआन्बीमा प्रवेश गरेको थियो र यो पश्चिमतिर दक्षिणी चीनको गुआङडोङफुजियान प्रान्ततर्फ जाँदा कमजोर हुने अपेक्षा गरिएको छ । 

बुधबार साँझ आएको आँधीले ताइवानमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको हावा ल्याएको थियो । ताइवानको दक्षिणपश्चिम टापु अर्किडमा रहेको मौसम अनुगमन स्टेसनले स्थानीय समयअनुसार राति ९ः५३ मा हावाको वेग प्रतिघण्टा तीन सय ४२ दशमलव सात किलोमिटर मापन गरेको थियो । साथै राति ९ः४० मा एक सय ९८ दशमलव सात किलोमिटर प्रतिघण्टाको दरले हावा चलेको थियो । 

केन्द्रीय मौसम प्रशासनको टाइटुङ मौसम स्टेसनका प्रमुख हुआङ चिया–मेइका अनुसार ताइवानले सन् १८९७ देखि हावाको गति मापन गर्न थालेयता यी दुवै मापनले अहिलेसम्मकै उच्चता कायम गरेको हो । उनले हावाको गति मापन गर्ने यन्त्र आँधी आएको केही समयपछि बिग्रिएको बताए।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ५ : ४९ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का