कीर्तिमानी क्रिकेटर ऐरीको बढुवा « Khabarhub

कीर्तिमानी क्रिकेटर ऐरीको बढुवा


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सहायक हवल्दारमा बढुवा भएको छ । 

यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अंकीत थियो । भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए ।

विश्व कीर्तिमान कामय गरेबापत नेपाल प्रहरीले उहाँलाई पदोन्नति दिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। खेलाडी ऐरी २०७३ सालदेखि नेपाल पुलिसमा आबद्ध छन् । यसअघि उनी प्रहरी जवान थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ६ : ०९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर