माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न  « Khabarhub

माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न 


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माछापुच्छ्रे बैंकको लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०-८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट १,३६,४२,०१,६९२- (चुक्ता पूँजीको १३.३० प्रतिशत) बोनस शेयर र ७,१८,००,०८९-(चुक्ता पूँजीको ०.७० प्रतिशत) नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ । 

उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान  पुर्‍याउने उद्देश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए । 

डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउनु हुँदै बैंक सँधै अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरू समेत गर्दै आइरहेको जानकारी दिए । उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरू मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरीक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरूलाई निरन्तरता दिने कार्यमा सञ्चालक समितिको साथ रहिरहने कुरामा विश्वास का साथ प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त साधारण सभामा संस्थापक एवं साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ३३ बजे

दुई अमेरिकी युद्धपोतले ‘स्ट्रेट अफ हर्मुज’बाट पार गरे

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी