माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न  « Khabarhub

माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न 


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माछापुच्छ्रे बैंकको लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०-८१ को लागि जि.पि.राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट १,३६,४२,०१,६९२- (चुक्ता पूँजीको १३.३० प्रतिशत) बोनस शेयर र ७,१८,००,०८९-(चुक्ता पूँजीको ०.७० प्रतिशत) नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ । 

उक्त साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान  पुर्‍याउने उद्देश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए । 

डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउनु हुँदै बैंक सँधै अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरू समेत गर्दै आइरहेको जानकारी दिए । उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरू मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरीक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरूलाई निरन्तरता दिने कार्यमा सञ्चालक समितिको साथ रहिरहने कुरामा विश्वास का साथ प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त साधारण सभामा संस्थापक एवं साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ३३ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट