जनयुद्ध दिवसका विषयमा दिइएको अभिव्यक्तिको प्रतिवाद गर्छौँ : उपमहासचिव पुन « Khabarhub

जनयुद्ध दिवसका विषयमा दिइएको अभिव्यक्तिको प्रतिवाद गर्छौँ : उपमहासचिव पुन


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा यो विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका हुन् ।

 उनले केपी ओलीको अभिव्यक्ति सबै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारिक धारणा हो जस्तो आफूलाई नलागेको धारणा राखे । उनले पीडितलाई न्याय दिने गरि शान्ति प्रक्रियालाई टुङ्गो लगाउनुपर्ने र टिआरसीका विषयमा सबै दलहरू सहमति नजिक रहेको बताए ।

पुनले शान्ति प्रक्रिया सबैका साझा विषय भएकाले अहिलेको सरकारले मात्रै स्वामित्व लिन नमिल्ने र प्रतिपक्षीको पनि स्वामित्व रहनेगरि शान्ति प्रक्रिया टुङ्गो लाग्ने जिकिर गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ५८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह