प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेट « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेट


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा उनीहरूले सरकारी कामकाजको भाषासम्बन्धी पहिले भएका सिफारिसहरूमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका थिए ।

सो क्रममा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो । आजै नेपाल ट्रष्टका पदाधिकारीले ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री दाहालसँग छलफल  गरेका छन् । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायतको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानीसम्बन्धी आफूहरूको मागमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ७ : ३२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट