नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने « Khabarhub

नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच आज समझदारीपत्र (एमओयु) हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नीसहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गरे ।

“निगमले सिड्नीको उडानका लागि धेरै काम गरिसकेका छौँ, तर केही सिन्डिकेटधारी समूह निगमको जहाज सिड्नी जान नदिन प्रयास गरिरहेका छन्, विभिन्न दबाबलाई चिर्दै हामी लक्ष्यमा पुग्न सफल हुनेछौँ”, उनले भने ।

अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान सङ्ख्या बढाएर लैजाने प्रयासमा रहेको बताए । उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजन रहेको उनले उल्लेख गरे ।

नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाँओ औँल्याए ।

राष्ट्रिय दायित्वलाई ध्यानमा दिएर दुर्गम भेगमा उडान गर्ने तीनवटा ट्वीनअटर जहाज खरिद प्रक्रियामा रहेको र यसले छिट्टै सार्थकता पाउने उहाँनले विश्वास व्यक्त गरे । निगमका वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहालले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजनामा रहेको बताए ।

निगम र निजी क्षेत्रका चार संस्थाबीच निगमको सहकार्य

निगमले व्यावसायिक साझेदारिता बढाउने उद्देश्यले निजी क्षेत्रका विभिन्न चारवटा संस्थासँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र ती संस्थाका अध्यक्षले सहकार्यसम्बन्धी समझदारीपत्रमा छुट्टाछुट्टै हस्ताक्षर गरेका हुन् ।

निगमले नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल संस्था, नेपाल युवा उद्यमी परिसङ्घ, नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा उक्त संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, ती संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवर्द्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय ध्वजाबाहकको सेवालाई आधुनिकीकरण गर्दै गन्तव्य विस्तार गरेर लैजानुपर्नेमा जोड दिए । राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट कुशकुमार जोशीले देशको गौरव र पहिचान नेपाल वायुसेवा निगमको शाखलाई बलियो बनाएर व्यावसायिक सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिए ।

नेपाल युवा उद्यमी परिसङ्घका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ र परिसङ्घ कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले निगमको व्यावसायिक प्रवर्द्धनमा युवा उद्यमीले भूमिका खेल्ने विश्वास व्यक्त गरे । निगमका अध्यक्ष अधिकारीले निजी क्षेत्रको साझेदारिताले निगमको व्यवसाय प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ८ : १० बजे

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको