पाँच सय जरीवाना तिरेर छुटे धर्मगुरु श्रीनिवास « Khabarhub

पाँच सय जरीवाना तिरेर छुटे धर्मगुरु श्रीनिवास


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जनकपुर । धर्मगुरु आचार्य  श्रीनिवास हिरासतमुक्त भएका छन् । प्रमुख जिल्ला अधिकारीसमक्ष आइन्दा समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने भन्दै माफी मागेपछि उनी हिरासत मुक्त भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबारै आचार्य श्रीनिवासलाई जिल्ला अदालतमा पेस गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । तर प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उनलाई ५०० रुपैयाँ जरिवाना लिएर छाड्न आदेश दिएका थिए ।

असोज १२ गते गौहत्याको विरोधमा आयोजना गरिएको र्‍यालीमा श्रीनिवासाले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै आलोचना भएको थियो । उनलाई मंगलवार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । आचार्य श्रीनिवासले धनुषामा बोलेको हुँदा उनलाई पक्राउ गर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ८ : २४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम