शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो « Khabarhub

शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रु १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रु १५ करोड र संस्थाको हकमा रु २० करोड बनाइएको छ ।

“कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल रु १५ करोड कायम गरिएको छ”, राष्ट्र बैंकले आज जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ, “धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।”

त्यस्तै निर्देशिकामार्फत वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काउन्टर साइक्लिकल बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ९ : ३१ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र