विश्वकपमा न्युजिल्यान्डको सुखद सुरुवात, इंग्ल्यान्ड ९ विकेटले पराजित « Khabarhub

विश्वकपमा न्युजिल्यान्डको सुखद सुरुवात, इंग्ल्यान्ड ९ विकेटले पराजित


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा न्युजिल्यान्डले सानदार जित हात पारेको छ ।न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गरेको हो ।

पहिलो पटक विश्वकपमा डेब्यु गरेका डेभोन कन्वे र रचिन रविन्द्रले अविजित रहँदै शतक बनाए ।जितको लागि २८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासहित १५२ रनमा अविजित रहे ।

अर्का युवा अलराउन्डर रवीवन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १२३ रनमा अविजित नै रहे ।
ओपनर विल योङ शून्यमै आउट भएका थिए । इंग्ल्यान्डका साम करनले उनलाई आउट गराएका थिए ।

यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जो रुटले अर्धशतकीय पारी खेल्दै ७७ सर्वाधिक रन बनाए । यस्तै, कप्तान जोस बटलरले ४३, जोनी बेरिस्टोले ३३ र ह्यारी ब्रुकले २५ रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ३ विकेट लिए ।

प्रतियोगितामा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान,अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १० : २० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ