विपद् व्यवस्थापनसम्बन्धी अधिस्नातक कोर्ष सञ्चालन « Khabarhub

विपद् व्यवस्थापनसम्बन्धी अधिस्नातक कोर्ष सञ्चालन


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बलले मातातिर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा ‘सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लो’मा कोर्ष सञ्चालन गरेको छ । आजदेखि उक्त कार्यक्रम सञ्चालन भएको हो ।

शैक्षिक कार्यक्रम प्रारम्भ भएको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिक्षा प्राप्त गरेपछि दीक्षित समूहले सङ्गठनको अवधारणाअनुसार सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व सङ्कलन र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा डा। कुसुम शाक्यले सशस्त्र प्रहरी बल नेपालले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा थालनी गरेकोमा त्यसको सराहना गरे ।

सशस्त्र प्रहरी बलले सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री) कोर्ष सञ्चालन गरिरहेको छ । दुई सेमेष्टरमा सञ्चालन हुने सो कोर्षमा ३४ सशस्त्र प्रहरी निरीक्षक सहभागी छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १० : ३३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको