किन बढ्छ चिसोमा दमको समस्या ? | Khabarhub Khabarhub

किन बढ्छ चिसोमा दमको समस्या ?

के हो सीओपीडी दम ?


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अब दिनदिनै चिसो बढ्न थालेको छ। चिसो बढेसँगै स्वास्थ्यमा धेरै खालका समस्या देखा पर्दछन्। त्यसैमध्ये एक हो दम वा सिओपीडी दम। चुरोट, दाउराको धुवाँ, व्यावसायिक उत्पादनको धुलो (मार्बल, सिमेन्टको धुलो) रसायन केमिकलको धुलोले फोक्सोमा हुने स्थायी समस्यालाई (सिओपीडी) दम भनिन्छ। सिओपीडी) दम भनेको के हो ? सामान्य रूपमा बोलिने दम र (सिओपीडी) दममा के फरक छ ? बच्ने उपायहरू के के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंशः

चिसो मौसममा दमको समस्या के कारणले बढ्छ ?
जाडोमा दम हुने नै त होइन। तर दम भएको मानिसमा चिसोले बढी असर गर्ने चाहिँ हो। त्यसैले सामान्यतया दम चिसोमा धेरै हुन्छ। दम भनेको विभिन्न रोगको लक्षण हो। नेपालमा दम भनेको विशेष गरी (सिओपीडी) दम हो। यो धूम्रपान, धुवाँ र धुलोको कारणले हुन्छ।

दम र सिओपीडी दममा के फरक छ ?
दमको एउटा प्रकार सिओपीडी दम हो। दमका अन्य प्रकारहरू पनि हुन्छन्। जस्तोः आस्मा नामक दम पनि हुन्छ। त्यो साना बालबालिका महिला र साना उमेरका मानिसलाई पनि हुनसक्छ। दमको लक्षण फोक्सो सम्बन्धी अन्य रोगमा पनि हुनसक्छ। विशेष गरेर (ब्रोंकाइटी) हुन्छ। जसले छातीमा दाग हुने समस्या हुन्छ।

सिओपीडी दमका लक्षणहरू के के हुन् ?
खोकी लाग्नु, खकार लगातार आउनु, सामान्य हिँडडुल वा चहल पहल गर्दा पनि सास बढ्नु यसका लक्षण हुन्। यो भइसकेपछि सास फेर्दा छाती दुख्ने समस्यासमेत हुन्छ।

सिओपीडी दम के कारणले हुन्छ ?
सिओपीडी दमको मुख्य कारण भनेको धूम्रपान हो। ६० प्रतिशत धूम्रपान सेवन गर्नेमा सिओपीडी दम रहेको छ भने बाँकी ४० प्रतिशतमा अरू कारणले हुने गरेको छ। नेपालमा सिओपीडी दमका बिरामीहरू धेरै छन् किनभने नेपालमा धेरै मानिस धूम्रपान गर्ने गर्छन्। धेरै नेपालका भूभागमा दाउरा बाल्ने चलन छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले केही समय अगाडि निकालेको तथ्यांकलाई हेर्दा प्रत्येक १० जनामा १ जनालाई सिओपीडी दम रहेको छ। धेरै जसो बिरामी मैले हेर्दा पनि सिओपीडी दमका बिरामी नै छन्। यो समस्या धूम्रपानबाहेक अन्य कारणले भएको छ। अर्को हाम्रो सहरमा भएको वायु प्रदूषणको कारणले पनि भएको छ।

सिओपीडी दम कस्तो मान्छेमा हुन्छ ?
यो धेरै धुवाँको नजिक बस्ने मान्छेमा हुन्छ। आगोमा बसेर खाना बनाउने महिला र उनीहरुसँगै हुर्किएका बालबालिकामा यो समस्या धेरै देखिएको छ। धुवाँ उत्पन्न हुने कलकारखाना लगायतका ठाउँमा काम गर्नेहरूमा पनि यो समस्या देखिएको छ।

चिसोमा बन्द कोठामा बसेर कोइला बाल्दा के असर गर्दछ ?
बन्द कोठामा बसेर कोइला, गुन्ठा बाल्दा कतिपयको त निसासिएर मृत्यु हुनसक्छ। लामो समय धुवाँमा बसेको मान्छेमा दम मात्र नभए विभिन्न खालका रोगको जोखिम हुन्छ। मुटु र छाती सम्बन्धी रोगहरू लाग्न सक्छन्। यसले गर्भमा रहेको बच्चामा धेरै असर गर्दछ। त्यसैले राम्रो हिटरको प्रयोग गर्नुपर्छ।

सिओपीडी दम हुँदा कस्तो अवस्थामा घरमा नै बस्ने र कस्तोमा अस्पताल जाने ?
सामान्य कामहरू गर्दा सास बढ्ने, लामो समय खोकी लाग्ने, छाती दुख्ने भएको छ भने अस्पताल गएर चिकित्सकसँग सुझाव लिनुपर्छ। एक पटक सिओपीडी दम भयो भने त्यो व्यक्तिले जीवनभर नै औषधि लिनुपर्ने हुन्छ।

यो औषधि सबै ठाउँमा पाइन्छ वा सबैको पहुँचमा छ ?
सहर तिर यो औषधिको अभाव छैन। तर गाउँघरमा अभाव छ। महंगो भएकाले गाउँका धेरै मान्छेले यो औषधि खान सक्दैनन्। यसको पहुँच पहिले भन्दा सुधार भएको छ तर भनेको जस्तो छैन।

यस्तो समस्या नआओस् भनेर हामीले केके कुरामा ध्यान दिने ?
पहिलो कुरा त हामीले धुवाँबाट बच्ने हो। बाहिर जाँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। नियमित व्यायाम गर्ने, स्वस्थ खाना खाने, धूम्रपान त्याग्ने र फोक्सोलाई असर गर्ने सबै कुराबाट टाढा बसेमा यो समस्याबाट जोगिन सकिन्छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ०२ बजे

रास्वपासँग भएको सहमतिका यी ३ बुँदा, जसलाई कांग्रेसले अस्वीकार गरेको दाबी

काठमाडौं – सहकारी ठगी प्रकरणलाई लिएर एक महिनायता नेपाली कांग्रेसको

आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको

घरजग्गा खरिदमा राष्ट्र बैंक लचिलो, आम्दानीको ७० प्रतिशतसम्म ऋण भुक्तानी सीमा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

कांग्रेसले समय मागेपछि सुरु हुन सकेन प्रतिनिधि सभा बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही समय माग गरेपछि