डोटीमा बोलेरो दुर्घटना, ४ जनाको मृत्यु, ५ जना घाइते  « Khabarhub

डोटीमा बोलेरो दुर्घटना, ४ जनाको मृत्यु, ५ जना घाइते 


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो गाडी आज बिहान ३ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका– ५ कि राधिका मलाल, धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कवीन्द्र बूढा र सोही ठाउँकी ८ वर्षीया प्रार्थना मलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरि कोइरालाले जानकारी दिए । घाइते मध्ये २१ वर्षीया बिमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृत्यु भएकी ८ वर्षीया प्रार्थना बिमलाकी छोरी हुन् ।

अन्य घाइतेमा हिमाली गाउँपालिका– ५ का प्रकाश थापा, खोम मलाल, दान बूढा र राजु मलाल रहेका छन् । घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक गौमुल गाउँपालिका– ५ काडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : १३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका