डोटीमा बोलेरो दुर्घटना, ४ जनाको मृत्यु, ५ जना घाइते  « Khabarhub

डोटीमा बोलेरो दुर्घटना, ४ जनाको मृत्यु, ५ जना घाइते 


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो गाडी आज बिहान ३ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका– ५ कि राधिका मलाल, धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कवीन्द्र बूढा र सोही ठाउँकी ८ वर्षीया प्रार्थना मलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरि कोइरालाले जानकारी दिए । घाइते मध्ये २१ वर्षीया बिमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृत्यु भएकी ८ वर्षीया प्रार्थना बिमलाकी छोरी हुन् ।

अन्य घाइतेमा हिमाली गाउँपालिका– ५ का प्रकाश थापा, खोम मलाल, दान बूढा र राजु मलाल रहेका छन् । घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक गौमुल गाउँपालिका– ५ काडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : १३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर