टी–ट्वान्टी विश्वकप छनोट : उपाधिका लागि ओमानविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

टी–ट्वान्टी विश्वकप छनोट : उपाधिका लागि ओमानविरुद्ध नेपाल ब्याटिङमा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि अहिले नेपाल र ओमान खेलिरहेका छन् ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ राजेपछि ओमान फिल्डिङमा उत्रिएको छ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।

पछिल्ला पाँच टि–ट्वान्टी खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ०२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार