टी–ट्वान्टी विश्वकप छनोट : उपाधिका लागि ओमानविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

टी–ट्वान्टी विश्वकप छनोट : उपाधिका लागि ओमानविरुद्ध नेपाल ब्याटिङमा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि अहिले नेपाल र ओमान खेलिरहेका छन् ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ राजेपछि ओमान फिल्डिङमा उत्रिएको छ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।

पछिल्ला पाँच टि–ट्वान्टी खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ०२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२