टी–ट्वान्टी विश्वकप छनोट : उपाधिका लागि ओमानविरुद्ध नेपाल ब्याटिङमा | Khabarhub Khabarhub

टी–ट्वान्टी विश्वकप छनोट : उपाधिका लागि ओमानविरुद्ध नेपाल ब्याटिङमा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि अहिले नेपाल र ओमान खेलिरहेका छन् ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ राजेपछि ओमान फिल्डिङमा उत्रिएको छ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।

पछिल्ला पाँच टि–ट्वान्टी खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ०२ बजे

पोखरामा ४ तोला सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ

पोखरा- पोखरामा ४ तोला सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना

स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ : सामान्य प्रशासनमन्त्री अनिता देवी

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्थानीय तहले

प्रचण्ड र ओलीले गरे पुनःनिर्माण गरिएको प्रधानमन्त्री कार्यालयको अवलोकन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा

अहिलेको संविधानमा सबैको कुरा अटाएको छ, यसलाई फेर्ने कुरा नगरौँ : नेता महर

रुपन्देही- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै

भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास