गण्डकी सरकारले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ दिने « Khabarhub

गण्डकी सरकारले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ दिने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरूलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार राती भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधीसहित विशेषज्ञ चिकित्सकको टोली पठाएको बताए ।

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यु हुने कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

भूकम्प पीडितको उद्धार र उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विशेषज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : २७ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड