जिरी च्याम्पियनसिपको उपाधि भरतपुर महानगरलाई  « Khabarhub

जिरी च्याम्पियनसिपको उपाधि भरतपुर महानगरलाई 


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिरी च्याम्पियनसिप– २०८० अन्तर्गत बागमती प्रदेश अन्तरपालिका स्तरीय खुला पुरुष भलिबलको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ । 

युवा संजाल जिरी र जिरी नगरपालिकाको समन्वयमा जिरीमा भएको खेलमा मकवानपुरको थाहा नगरपालिकालाई पराजित गर्दै भरतपुर महानगरपालिका विजयी भएको हो । 

प्रतियोगितामा थाहा नगरपालिका उपविजेता बन्दा रामेछापको गोकुलगङ्गा गाउँपालिका तेस्रो भएको छ । यस्तै, रामेछापकै लिखु तामाकोसी गाउँपालिकाले सान्त्वना जित हात पारेको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना जित निकाल्ने टिमले क्रमशः एक लाख ५१ हजार, एक लाख एक हजार, ५१ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजयी टिमलाई प्रतिनिधिसभा सदस्य गंगा कार्कीले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा बागमती प्रदेश अन्तर्गत जिल्लाका विभिन्न १७ टोलीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : ०९ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा