जिरी च्याम्पियनसिपको उपाधि भरतपुर महानगरलाई  | Khabarhub Khabarhub

जिरी च्याम्पियनसिपको उपाधि भरतपुर महानगरलाई 


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिरी च्याम्पियनसिप– २०८० अन्तर्गत बागमती प्रदेश अन्तरपालिका स्तरीय खुला पुरुष भलिबलको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ । 

युवा संजाल जिरी र जिरी नगरपालिकाको समन्वयमा जिरीमा भएको खेलमा मकवानपुरको थाहा नगरपालिकालाई पराजित गर्दै भरतपुर महानगरपालिका विजयी भएको हो । 

प्रतियोगितामा थाहा नगरपालिका उपविजेता बन्दा रामेछापको गोकुलगङ्गा गाउँपालिका तेस्रो भएको छ । यस्तै, रामेछापकै लिखु तामाकोसी गाउँपालिकाले सान्त्वना जित हात पारेको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना जित निकाल्ने टिमले क्रमशः एक लाख ५१ हजार, एक लाख एक हजार, ५१ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजयी टिमलाई प्रतिनिधिसभा सदस्य गंगा कार्कीले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा बागमती प्रदेश अन्तर्गत जिल्लाका विभिन्न १७ टोलीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : ०९ बजे

यो साताका २० तस्बिर

कञ्चनपुरस्थित महाकाली नदी माथिको चार लेनको पक्की पुल । उक्त

माओवादीको भविष्य : पतन कि पुनरागमन ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सशस्त्र द्वन्द्व त्यागेर २०६३

यक्ष प्रश्न : सुखी को हो ? सबैभन्दा आश्चर्यको कुरा के हो ?

एक दिनको कुरा हो । पाण्डवहरू बिहानको खानपिन सकेर जङ्गलको

‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ? 

हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको

आज मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल